नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्दै ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गत साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।