स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
काठमाडौं — स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, एक तोला चाँदीको मूल्य चार हजार ७१० रुपैयाँ कायम गरिएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ र चाँदी चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ६०० रुपैयाँ पुगेको थियो।
त्यसैगरी मङ्गलबार सुन दुई लाख ९० हजार ३०० रुपैयाँ र चाँदी पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा आन्तरिक माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा परिवर्तन आएको जनाएको छ।