सेयर बजारमा सामान्य सुधार, नेप्से ६ अंकले बढ्यो
१४ फागुन, काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार परिसूचक नेप्से ६.०३ अंकले बढेर २६५४.९३ अंकमा कायम भएको छ। अघिल्लो दिन नेप्से १० अंक र मंगलबार २१ अंकले बढेको थियो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बुधबार ४ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ। आज १३७ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत रूपमा निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढ्यो। त्यसपछि बैंकिङ ०.६४, फाइनान्स ०.७१, विकास बैंक ०.१३, हाइड्रोपावर ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ तथा व्यापार समूह ०.४६ प्रतिशतले बढे।
होटल तथा पर्यटन समूह ०.१६, उत्पादन तथा प्रशोधन ०.४१ र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले घटे।
व्यक्तिगत कम्पनीतर्फ साल्पा विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स ९.२६, हिमस्टार ऊर्जा ६, झापा इनर्जी ३.९३ र मोलुङ हाइड्रोपावर ३.७३ प्रतिशतले बढे।
घट्ने कम्पनीतर्फ श्रीनगर एग्रिटेकको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घट्यो। सुपर माइ हाइड्रोपावर ३.२५ र रिडी पावर २.८१ प्रतिशतले घटे।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा अपी पावर, आँखुखोला जलविद्युत्, एसवाई प्यानल, ङादी ग्रुप र रिडी पावर रहेका छन्।