बुधबार सेयर बजार १०.३० अंकले बढ्यो, कारोबार ४ अर्ब ४५ करोड
१३ फागुन, काठमाडौं । बुधबार सेयर बजार १०.३० अंकले बढ्दै नेप्से परिसूचक २६४८.९० अंकमा पुगेको छ। अघिल्लो दिन नेप्से २१ अंकले बढेको थियो।
कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भई आज ४ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो।
आज १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले बढ्यो। बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९ तथा अन्य समूह ०.३५ प्रतिशतले बढे। व्यापार ०.८९ र फाइनान्स समूह ०.२८ प्रतिशतले घटे।
साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ तथा अपर लोहोरेखोला जलविद्युत्को ४.१५ प्रतिशतले वृद्धि भयो।
हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशतले घट्यो। आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत् कम्पनी, ङादी ग्रुप, एसवाई प्यानल, रिडी पावर र बन्दीपुर केबुलकार रहेका छन्।