नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि भई प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि सोमबार ५ हजार ५९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार ७८ अमेरिकी डलर तथा चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।