नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो
नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।