सुनको मूल्य २ लाख ८४ हजारमा पुगे, चाँदी पनि बढ्यो
सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड तोड्दै नयाँ उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोकेको मूल्य अनुसार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन सोमबारको मूल्य २ लाख ८२ हजार रुपैयाँभन्दा २ हजार ७०० रुपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ, अघिल्लो दिनको मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो।
सुन र चाँदीको मूल्यमा यो लगातार बढ्दो रेकर्डले बजारमा लगानीकर्ताको ध्यान तानिरहेको छ।