नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।