सुनचाँदीको मूल्यमा कीर्तिमान, सुन तोलामा ९ हजार २०० ले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज सुन प्रतितोला ९ हजार २०० र चाँदी ३२० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० र चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ९६० र चाँदी ९८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।