नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
काठमाडौं, बिहीबार – नेपाली बजारमा सुनको मूल्यमा आज केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बुधबार सुन ऐतिहासिक रेकर्ड बनाउँदै २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज ५० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ, जबकि बुधबार यो मूल्य ५ हजार ९२० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,६९५ अमेरिकी डलरमा तथा त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।