महाधिवेशन मितिपछि गगनले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका छन् । भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी महामन्त्री थापाले बैठक बोलाएका हुन् ।
हिजो बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने दबाब छ । समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य रहेका छन् ।