नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो, चाँदीको नयाँ रेकर्ड
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा ७ सय रुपैयाँ बढी हो ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँ बढ्दै प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ । चाँदीले लगातार दोस्रो दिन नयाँ उच्च मूल्य रेकर्ड कायम गरेको छ ।