एमाले ११औँ महाधिवेशन: मतदानका लागि भृकुटीमण्डपमा प्रतिनिधि लामबद्ध
काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान गर्न प्रतिनिधिहरू लामबद्ध भएका छन्।
निर्वाचन तालिकाअनुसार साँझ ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएको छ। पुस महिनाको चिसो मौसममा ५ बजेपछिबाट मतदान प्रक्रिया अघि बढाउन लागिएको हो।
जाडो बढेका कारण मतदानमा सहभागी प्रतिनिधिहरू बाक्ला ज्याकेट, स्विटर तथा न्यानो कपडा लगाएर लाइनमा उभिएका देखिन्छन्। मतदान सुरु हुन बाँकी रहेकाले महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रतिनिधिहरू उत्साहका साथ मतदानको प्रतीक्षामा छन्।