नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार रुपैयाँ रहेकोमा बुधबार ७०० रुपैयाँले बढेको हो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।