रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ ।
सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरू गरेको प्रवक्ता मनिष झाले बताए । उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ ।
योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ ।