नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आइतबार बिहान ७ बजे सुरु
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार बिहान ७ बजेबाट सुरु हुने भएको छ।
भक्तपुर सल्लाघारीमा भएको उद्घाटन सत्रको समापन कार्यक्रममा उद्घोषक उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने जानकारी दिएका छन्। उनले प्रतिनिधिहरूका लागि खाजा खानको व्यवस्था पनि मिलाइएको जानकारी दिएका छन्।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। दुबै नेताले आआफ्नो टिम घोषणा गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ।