एमाले नेतृत्व चयनको मतगणना जारी, ओली र पोखरेल अगाडि
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ मत प्राप्त गरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत पाएका छन् ।
त्यस्तै, महासचिव पदमा शंकर पोखरेलले ११५ मत र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।