कांग्रेस काठमाडौं–६ बाट प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस
२८ मंसिर, काठमाडौं — नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस गरेको छ।
कांग्रेस क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ कृष्णसबुज बानियाँ, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण केसी, सुसन वैद्य, मनोज भण्डारी, माधव तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि केसी, इन्दिरा चौलागाईं र अम्बिका शर्मालाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
त्यस्तै, समानुपातिकतर्फ भिमसेनदास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियारको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभातर्फ भने डा. शिवचन्द्र शाहीको एकल नाम उम्मेदवारका लागि सिफारिस गरिएको कांग्रेसले जनाएको छ।