एमाले केन्द्रीय कमिटी बैठक सुरु, बन्दसत्र दिउँसो १ बजे
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र प्रारम्भ हुनुअघि भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक सुरु गरिएको हो।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा बन्दसत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक रहेको छ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने तय भएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकका कारण दिउँसो १ बजेका लागि सारिएको छ।