बुधबार सेयर बजारमा सानो वृद्धि, नेप्से २६२५ अंकमा
काठमाडौँ, २ पुस — बुधबार नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५ अंकमा पुगेको छ। आजको कारोबार रकम ४ अर्ब ५ करोड पुगेको छ, जुन अघिल्लो दिनको ३ अर्ब ४४ करोडको कारोबारभन्दा बढी हो।
आज १४३ कम्पनीको मूल्य बढ्दा १०४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हेर्दा फाइनान्स समूह १.७५ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ र अन्य समूह ०.०४ प्रतिशतले बढेका छन्।
यसैबीच, व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशतले घटेका छन्।
आज दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। स्वस्तिक लघुवित्त र एसवाई प्यानलका सेयर मूल्यमा १० प्रतिशत वृद्धी देखिएको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंक ८.७७, चिरख्वा हाइड्रोपावर ५.३३ र माइखोला हाइड्रोपावर ४.३३ प्रतिशतले बढेका छन्।
विपरित रूपमा, बाराही हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेर सबैभन्दा धेरै घटेको छ भने अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् प्रमुख छन्।