प्रधानमन्त्री सुशीला कार्की चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न तयारी
२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ। आजै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी रहेको बताइन्छ।
बिहीबार प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेकी थिइन्। त्यसको भोलिपल्टै मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम परामर्श चलिरहेको सरकार स्रोतको भनाइ छ।
आज विस्तार हुन लागिरहेको मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री समावेश हुने बताइएको छ। तर कुन–कुन मन्त्रालय थपिने भन्नेबारे भने औपचारिक रूपमा खुलाइएको छैन।