एमाले महाधिवेशनको मतगणना सुरु, ओली प्यानल अग्रस्थानमा
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना सुरु भएको छ । प्रारम्भिक नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ ।
उपाध्यक्षतर्फ ओली प्यानलका विष्णु प्रसाद पौडेल १७३ मतसहित अग्रस्थानमा छन् भने पृथ्वी सुब्बा गुरुङले १७१ मत प्राप्त गरेका छन् । रामबहादुर थापा (बादल) ले १५३ मत पाएका छन् । ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट १३३ मतसहित सुरक्षित हुने देखिएका छन् ।
अन्य उम्मेदवारमध्ये रघुजी पन्तले १२३, गुरुप्रसाद बरालले १०९, डा. विन्दा पाण्डेले ९८ मत प्राप्त गरेका छन् ।