बिहीबार सेयर बजारमा नेप्से १०.६६ अंकले घट्यो
काठमाडौँ, ३ पुस – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५ अंकमा झरेको छ। अघिल्लो दिन नेप्से २६२५ अंकमा रहेको थियो।
आज बजार प्रायः रातो रह्यो भने कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ५७ करोडको कारोबार भयो। आज ६३ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत सूचकमा फाइनान्स समूह सबैभन्दा बढी १.५५ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन समूह स्थिर रह्यो भने निर्जीवन बीमा ०.२२, व्यापार ०.४८, बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशतले घटेका छन्।
आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको मूल्य ९.५६, सीवाईसी लघुवित्त ४.८७ र सप्तकोशी विकास बैंक ४.४४ प्रतिशतले बढेको छ।
बाराही हाइड्रोपावरको मूल्य ४.७६ प्रतिशतले सबैभन्दा धेरै घटेको छ। गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ र मोदी इनर्जीको ३.०२ प्रतिशतले मूल्य घटेको छ। आज धेरै कारोबार भएका कम्पनीमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक छन्।