सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।