प्रि–ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ।
सेसन अवधिमा नेप्से परिसूचक ०.३२ अंकले घटेर २६०७.०५ विन्दुमा झरेको छ। यद्यपि सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेको छ।
प्रि–ओपन सेसनमा ४७ कम्पनीको कारोबार भएको थियो। जसमध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस अवधिमा कुल १४ हजार ४०१ कित्ता सेयर खरिद–बिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँ बराबरको कारोबार भएको छ।