उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६ मत पाए
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार जारी मतगणनाअनुसार उपमहासचिव पदका लागि उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेका गौतमले पद फिर्ता लिए पनि केही प्रतिनिधिले उनलाई मतदान गरेका थिए।