नेपाली बजारमा सुन घट्यो, चाँदी बढ्यो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ८७० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।