दुर्गा प्रसाईंको म्याद थप, सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन हिरासत
२ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
अब कम्तीमा ४ दिनसम्म प्रसाईं प्रहरी हिरासतमा रहनेछन्। प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गरिसकेका थिए र सोही अनुसार तयारी गरिरहेका थिए। तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई अघि नै पक्राउ गरेको थियो।
प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएका थिए।