प्रधानमन्त्री कार्कीले कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेतासँग चुनावी वातावरणबारे छलफल
२ मंसिर, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेतासँग भेटवार्ता गरी चुनावी वातावरणबारे छलफल गरेकी छन्।
कांग्रेस नेता गुरूराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो दृष्टिकोण राख्दै, लोकतन्त्रको मूल मर्मअनुसार समयमै निर्वाचन सम्पन्न गर्न प्रतिवद्धता जनाएकी छन्।
जवाफमा कांग्रेसका नेताहरूले २१ फागुनमा हुने निर्वाचनलाई पार्टीले स्वागत गर्ने र सक्रिय रूपमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई बताएका छन्। घिमिरेले भने, “प्रधानमन्त्रीले चुनावको वातावरण निर्माणका लागि आग्रह गर्नुभयो, र हामीले सहर्ष रूपमा सहभागी हुने कुरा जनायौं।”