रास्वपा काठमाडौँ सभापति विष्टले दिए पदबाट राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का काठमाडौँ जिल्ला सभापति प्रदिप विष्टले पदबाट राजीनामा दिएका छन् । उनले गत शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको वडा,पालिका क्षेत्रको सुझाव र समस्या,विधान,मूल्यमान्यता,पारदर्शी,बेथिति र निर्णयहीनताका विषयमा पटक पटक प्रदेश समिति,प्रदेश इन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई जानकारी(सचेत) गराउँदै आएको भएपनि कुनै स्पष्ट,प्रभावकारी मार्गदर्शन प्राप्त नभएको उनले बताए ।