सेयर बजारमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार
नेपाल स्टक एक्सचेञ्जको परिसूचक सोमबार ४.१५ अङ्कले घटेर २५६१.९४ मा झरेको छ। आज बजारमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ९१ कम्पनीको मूल्य बढेको छ, १५१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सूचीबद्ध १३ समूहमध्ये ३ समूहको मूल्य बढ्दा १० समूहको सूचक घटेको छ। होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा बढी १.६४ प्रतिशत वृद्धि भएको छ।
आज बजारमा ६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरमा भएको छ, जसको कारोबार रकम ४८ करोड रुपैयाँ रहेको छ।