जेनजी २.० अभियानले शहीदहरूकाे स्मृतिमा मौनधारण गर्ने, गृहमन्त्रीलाई निमन्त्रणा
७ मंसिर, काठमाडौं । जेनजी २.० राष्ट्रिय अभियानले मंसिर १२ मा शहीदहरूको सम्मानमा माइतीघरमा मौनधारण कार्यक्रम आयोजना गर्न लागेको छ। आइतबार अभियानका प्रतिनिधिहरू गृह मन्त्रालय पुगेका थिए र गृहमन्त्री ओमप्रकाश अर्याललाई औपचारिक निमन्त्रणासहित कार्यक्रमबारे जानकारी गराए।
अभियानले मौनधारण कार्यक्रममा सरकारका सबै मन्त्रीहरूको उपस्थितिले युवाहरूको मनोबल बढ्ने तथा शहीदका सपनाप्रति सरकारको प्रतिबद्धता देखिने विश्वास व्यक्त गरेको छ।
युवाहरूले राष्ट्रिय शैक्षिक, स्वास्थ्य, ऊर्जा तथा युवासम्बन्धी मुद्दाहरू तत्काल समाधान गर्न आग्रह गरेका छन्। साथै, २३ गतेका घटनामा संलग्न दोषीलाई कारबाही गरी त्यसपछि मात्र २४ गतेको आगजनी तथा तोडफोडका जिम्मेवारहरूलाई पक्राउ गर्न आग्रह गरेको अभियानले जनाएको छ।
अभियानका अनुसार जेनजी अहिलेको सरकारको ‘पर्खाल’ बनेर उभिएको दाबी गरिएको छ।