मधेसमा मुख्यमन्त्री विवाद : एमाले–सात दल सडकमा
काठमाडौँ — मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर राजनीतिक तनाब चर्किँदै गएको छ। नेकपा एमाले र सात राजनीतिक दलहरू आ–आफ्नै मागसहित सडकमा उत्रिएपछि प्रदेश राजधानीको राजनीतिक माहोल थप तातिएको छ।
आज जनकपुरधामको जनकचोकस्थीत मन्दिर परिसरमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले **“संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ”** भन्ने नारासहित धर्ना दिए। उनीहरूले संविधानअनुसार नै मुख्यमन्त्री नियुक्ति भएको दाबी गर्दै सरकारले अवरोध सिर्जना नगर्न आग्रह गरे।
यसैबीच, सात दलीय मोर्चामा रहेका राजनीतिक दलहरूले भने **मुख्यमन्त्री यादवको बर्खास्ती** माग गर्दै मधेस भवन अगाडि धर्ना जारी राखेका छन्। उनीहरूका अनुसार मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन्।
दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेसँगै मधेस प्रदेशमा राजनीतिक विवाद झनै गहिरिएको छ। स्थिति समाधानका लागि प्रदेश सरकार, राजनीतिक दल तथा सरोकारवालाबीच थप संवादको आवश्यकता रहेको विश्लेषकहरूको भनाइ छ।