कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराइएको छ ।
एकीकृत निर्देशनको व्यवस्था अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन । तर, कुमारी बैंकले उक्त व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको राष्ट्र बैंकको कारबाहीमा उल्लेख छ ।