एमाले महाधिवेशन लागि मकवानपुरबाट १७ प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा निर्विरोध प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ मा भने निर्वाचनमार्फत प्रतिनिधि चयन भएका हुन् ।
आइतबार बिहान आएको मतपरिणाम अनुसार, निर्वाचन क्षेत्र नम्बर १ बाट मतदान प्रक्रियाबाट नवीन सिग्देल, सुनील मोक्तान, फुर्बा दोर्जे लामा, अणराज जर्गा मगर निर्वाचित भएका छन् । यस्तै, महिला प्रतिनिधिमा आरती पाठक, सीता विष्ट र विना कुमारी थिङ चयन हुँदा युवाबाट बोल बहादुर कार्की निर्वाचित भएका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ बाट भने महाधिवेशन प्रतिनिधिमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा र रोहण लामा निर्विरोध चयन भएका छन् ।