सेयर बजारमा नेप्से घट्यो, कारोबार रकम बढ्यो
काठमाडौँ, २० कात्तिक – बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ। अघिल्लो दिन २६०७ अंकमा रहेको नेप्से आज ११.२९ अंकले घटेको हो।
बजारमा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोड रुपैयाँमा पुगेको छ। ७७ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर रहे।
सबै समूहका सूचकमा उतारचढाव १ प्रतिशतभन्दा कम देखिएको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा लगायतका समूहका सूचक सामान्य रूपमा घटेका छन् भने उत्पादन तथा प्रशोधन समूहमा ०.१२ प्रतिशत वृद्धि देखिएको छ।
आज दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ। उपकार, उन्नति र मानुषी लघुवित्तका मूल्य पनि बढेका छन्। अर्कोतर्फ, सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहेका छन्।