एमाले सचिवालय बैठक सुरु, ११औँ महाधिवेशन तयारी र नेतृत्व प्रतिस्पर्धा मुख्य एजेन्डामा
काठमाडौं, च्यासल । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकले मंसिर २७ देखि हुने ११औँ महाधिवेशनका तयारी तथा आवश्यक निर्णयहरू अंतिम रूप दिनेछ।
पार्टीभित्र नयाँ नेतृत्व चयन प्रक्रियासँगै प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो बनेको छ।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा मंसिर ६ गते काठमाडौंमा आयोजना गरिने प्रदर्शनबारे पनि छलफल हुनेछ। प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमालेले सडक र अदालत दुवैबाट दबाब जारी राखेको छ। जबकि निर्वाचन आयोगले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको तयारी अघि बढाइरहेको छ। आयोगले मंसिर १० भित्र दल दर्ता गर्नुपर्ने तालिका प्रकाशित गरिसकेको छ।
एमालेले मंसिर २७, २८ र २९ गते काठमाडौंमा ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया मंसिर १३ गते देशभर एकसाथ हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।