नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरायो
काठमाडौं। नवगठित नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। सोमबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर दर्ता प्रक्रिया पूरा गरेको हो।
यस पार्टीको गठन कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू मिलेर भएको थियो। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय निर्धारण गरेको थियो।