नेता शर्मा भन्छन् : सिमरा घटना जेनजी भावना होइन, निषेधको राजनीति नगर्नू
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा एमाले नेताहरूलाई रोक्ने प्रयासलाई निषेधको राजनीति नबनाउन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल एक्समार्फत उनले भनेका छन् कि सिमरा घटना जेनजी पुस्ताको भावना नभई दुरुपयोग भएको हो।
महामन्त्री शर्माले स्पष्ट पारेका छन्, “सामाजिक सञ्जालमा निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं।”
उनी प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराउँदै चुनाव सम्पन्न हुन भ्रमणको वातावरण आवश्यक भएको बताएका छन्। शर्मा घटनालाई दुःखद् घटनाका रूपमा मूल्याङ्कन गरेका छन्।