विप्लव, जनार्दन र घनश्याम जुटे छलफलमा
नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुगेका छन् ।
शुक्रबार बिहानै दुई नेता विप्लव निवास हरिसिद्धी पुगेका हुन् । तीन नेताबिच यतिवेला छलफल चलिरहेको बताइएको छ । विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
शर्माले हिजो मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।