नवगठित नेकपाको पेरिसडाँडामा अनौपचारिक बैठक, एकता सन्देश कार्यक्रमबारे छलफल
काठमाडौँ — नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकले पार्टीका आगामी कार्यक्रमहरूका विषयमा प्रारम्भिक रूपरेखा तय गर्ने उद्देश्य राखेको थियो।
बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो। सहभागीहरूले प्रदेश–प्रदेशमा ‘एकता सन्देश कार्यक्रम’ सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्थान चयन तथा समय निर्धारणबारे विस्तृत छलफल गरेका छन्।
पार्टीले निकट भविष्यमा संरचना विस्तार, संगठन सुदृढीकरण तथा देशव्यापी कार्यक्रमबारे थप औपचारिक निर्णय गर्ने सम्भावना भएको नेतृत्वले जनाएको छ।