दाङमा क्रान्तिकारीको भण्डाफोर सभा, विदेशी हस्तक्षेपविरुद्ध कडा प्रतिरोध
घोडाही, दाङ - क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले विदेशी हस्तक्षेप तथा वर्तमान 'कठपुतली सरकार' विरुद्ध दाङको घोराहीमा एक भव्य भण्डाफोर सभा सम्पन्न गरेको छ। पार्टीको ४ नम्बर क्षेत्रीय ब्युरोद्वारा आयोजित यस सभामा देशभक्त शक्तिहरूलाई एकजुट भई स्वाधीन संयुक्त सरकार गठन गर्न आह्वान गरिएको छ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले विदेशी हस्तक्षेपविरुद्ध कडा प्रतिरोधको सङ्केत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' ले वर्तमान सरकार विदेशी शक्तिको हितमा परिचालित भएको भन्दै गम्भीर आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकार योजनाबद्ध तरिकाले विदेशी शक्तिको इशारामा बनेको बताउनु भयो।

स्थायी कमिटी सदस्य सुदर्शनका मुख्य भनाइहरू:
विदेशी षड्यन्त्र: "भारत र अमेरिकाले योजनाबद्ध रूपमा आन्दोलन गराएर केपी ओलीको सरकार ढालियो। चीन यात्रामा पुटिन र सी जिनपिङसँग सहकार्यको संकेत देखिएपछि भारतले असन्तुष्टि जनायो।"
कठपुतली शासक: "अहिलेको सरकार NGO-INGO को निर्देशनमा चल्ने कठपुतली शासक बनेको छ।"
अस्थिरताको कारण: सभाका वक्ताहरूले विदेशी हस्तक्षेप नै देशको अस्थिरताको मुख्य कारण रहेको दाबी गरे।
विरोध र्याली र सशक्त नाराहरू
सभा सुरु हुनुअघि तुल्सीपुर चोकबाट निकालिएको विरोध र्यालीले पूरै घोराही बजार तताएको थियो। सहभागीहरूले निम्न सशक्त नाराहरू लगाएका थिए:
'कठपुतली सरकार मुर्दाबाद!'
'स्वाधीन सरकार गठन गर!'
'अमेरिकी साम्राज्यवाद मुर्दाबाद!'
'भारतीय साम्राज्यवाद मुर्दाबाद!'
सभाको मूल एजेन्डा: वैज्ञानिक समाजवाद र राष्ट्रिय स्वाधीनता
सभामा उपस्थित वक्ताहरूले विदेशी हस्तक्षेपको प्रतिरोध गर्दै देशलाई वैज्ञानिक समाजवाद र राष्ट्रिय स्वाधीनताको दिशामा लैजानु पर्नेमा जोड दिए। उनीहरूले देशका सम्पूर्ण देशभक्त शक्तिहरूलाई यस एजेन्डामा एकजुट भई अघि बढ्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका प्रमुख उपस्थिति र सञ्चालन कार्यक्रम पोलिट ब्युरो सदस्य निरज केसी ‘समीर’ को सभाध्यक्षतामा तथा स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
स्वागत मन्तव्य: दाङ जिल्ला सचीव ईश्वरी गैरे ले स्वागत गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन: केन्द्रीय सदस्य हुकुम खड्का ले सम्पूर्ण कार्यक्रम सञ्चालन गर्नुभएको थियो। विशिष्ट उपस्थिति: पोलिटब्युरो सदस्य हिरामणी दुखी, नारायण योगी,शिक्षक संगठनका सह-संयोजक नारायण भण्डारी क्रान्तिकारी महिला सङ्गठनकी केन्द्रीय सदस्य सुशीला आचार्य, अखिल क्रान्तिकारी कार्यालय सदस्य दिपक बिष्ट, र युवा नेता नवीन खड्का लगायतको उपस्थिति रहेको थियो।
