बाराका एसपी तामाङको जिम्मेवारी खोसियो, बदलीका रूपमा नरेन्द्र कुँवर खटाइए
५ मंसिर, काठमाडौं । बारामा उत्पन्न पछिल्लो घटनाक्रमपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाइएक छ। उनलाई तत्काल प्रभाव ले प्रहरी मुख्यालय (हेडक्वार्टर) तानिएको छ।
उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई बारा खटाइएकाे प्रहरी स्रोतले जनाएको छ।
यससँगै अन्य जिल्लामा पनि सरुवा–बदली गरिएको छ। धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ भने धादिङको नेतृत्व अब एसपी सुमित खड्काले सम्हाल्ने भएका छन्।
प्रहरी संगठनभित्रको यो एकैपटक भएको सरुवा–बदलीलाई पछिल्लो अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले गरिएको कदमका रूपमा हेरिएको छ।