दुर्गा प्रसाईं म्याद थपका लागि प्रशासनमा, समर्थकहरूले प्रदर्शन
२ मंसिर, काठमाडौं। सोमबार राति पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं लगिएको छ।
प्रसाईंलाई प्रशासनमा लैजाँदै गर्दा उनका समर्थकहरूले प्रदर्शन गरेका थिए। प्रहरीले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।