डा. शेखर कोइरालाः निर्वाचनअघि कांग्रेसको अनिवार्य नियमित महाधिवेशन हुनुपर्छ
२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्।
विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा मंगलबार युवा नेतासँगको भेटमा उनले पुस महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट पारेका हुन्। भेटमा सहभागी विद्यार्थी नेता भुवन भट्टका अनुसार कोइरालाले भने, “मंसिरको सट्टा पुस अन्तसम्म महाधिवेशन हुनुपर्यो। यदि हुन सकेन भने केन्द्रीय कार्यसमितिले निर्णय गरी विशेष महाधिवेशन गर्नेछ।”
डा. कोइरालाका अनुसार, केन्द्रीय कार्यसमितिको निर्णयमा आधारित विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने र विभाजनबाट जोगाउने अवसर प्रदान गर्नेछ।