सिमरामा झडपपछि वातावरण पुनः तनावग्रस्त, विद्यालय बन्द
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपपछि बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ।
प्रहरीले बुधबार बेलुका युवाहरूसँग सहमति गरेपछि केहीबेर सामान्य अवस्थामा फर्किएको यातायात आज बिहानैदेखि पुनः प्रभावित भएको छ। बिहानैदेखि युवाहरू सडकमा उत्रिएपछि क्षेत्रको वातावरण फेरि तनावग्रस्त बनेको हो। लगातारको प्रदर्शनका कारण सिमरा तथा आसपासका सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन आज पूर्ण रुपमा बन्द गरिएको छ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।