निर्वाचन मिति सार्न कांग्रेस बैठकमा प्रस्ताव, वैशाखमा गर्न सुझाव
काठमाडौं — नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्नुपर्ने आवाज उठेको छ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पहाडी जिल्लामा फागुनमा निर्वाचन सम्भव नभएको भन्दै मिति सार्नुपर्ने सुझाव दिएका हुन्।
‘फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन,’ उनले बैठकमा भने, ‘वैशाख मसान्तमा निर्वाचन गर्दा शान्ति सुरक्षाको वातावरण पनि सहज हुन्छ।’
उनका अनुसार निर्वाचन वैशाखमा सार्दा तयारीका लागि सरकारले पर्याप्त समय पाउनेछ।