नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै, नेताहरू रामबाग महलमा भेला
काठमाडौं, २९ असोज — नेकपा (एमाले)ले आह्वान गरेको केन्द्रीय कमिटी बैठक आज ललितपुरको भनिमण्डलस्थित रामबाग महल (पार्टी प्यालेस) मा सुरु हुँदैछ। बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका शीर्ष नेताहरू स्थलमा पुगेका छन्।
केन्द्रीय कमिटीका अन्य सदस्यहरू पनि क्रमशः बैठकस्थलमा उपस्थित भइरहेका छन्। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीको आगामी महाधिवेशनको तयारी, र समसामयिक राष्ट्रिय मुद्दाहरूमा पार्टीको रणनीति तय गर्न आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।
एमालेले पछिल्लो समय संसद् पुनःस्थापनाको विषय, सडक आन्दोलनको प्रभाव र पार्टीभित्रको संरचनागत तयारीलाई मुख्य एजेन्डा बनाउँदै केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो।
पार्टी स्रोतका अनुसार बैठकमा संगठन सुदृढीकरण, सरकारप्रति धारणा, र विपक्षी दलहरूसँगको सम्बन्धबारे पनि छलफल हुने छ।