सुनको भाउ प्रतितोला २.५८ लाख, एकैदिन ७ हजार १ सय रुपैयाँले वृद्धि
शुक्रबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक रूपमा बढ्दै प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा ७ हजार १ सय रुपैयाँले बढेको हो। पछिल्लो एक महिनामा सुन प्रतितोला ४३ हजार रुपैयाँले महँगिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस ४३७० डलर हाराहारीमा पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।