प्रतिनिधि सभाको बैठकमा आज अर्थसम्बन्धि ३ वटा विधयेकमाथि दफावार छलफल गरिंदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्ने भएको छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा अर्थसम्बन्धि ३ वटा विधयेकहरुमाथि दफावार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधनहरु निर्णायर्थ पेश गर्ने कार्यसूची रहेको हो ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्ने र प्राप्त संशोधनहरुलाई निर्णायर्थ पेश गरेपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।